ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।

उनले खोला किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गर्नुपर्ने बताएका छन्।

‘बुढीगण्डकी र भोटेकोशीले देखाएको भयावह अवस्थाबाट अब पनि नचेते ठूलो क्षति हुन सक्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘खोला किनारका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने काम तत्काल सुरु गरौँ। हामी हिमनदी र हिमताल विस्फोटको उच्च जोखिममा छौँ।’

विज्ञापन

शाहीले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबैलाई सजग रहनसमेत आग्रह गरेका छन्। उनले भने ‘विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ। सबै सजग बनौँ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।