ब्रेकिङ न्युज
विज्ञापन
समाज

सिरिङ्गे हिमालको एक किलोमिटर क्षेत्रमा पहिरो, खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको आशंका

गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढीको कारण सिरिङ्गे हिमालको फेदीमा करिब एक किलोमिटर क्षेत्रमा गएको पहिरो रहेको प्रारम्भिक अनुगमनमा देखिएको छ। पहिरोले उइनगुलुङ खोला थुनेर बनेको अस्थायी बाँध फुटेपछि बुढीगण्डकीमा बाढी आएको प्रहरीको भनाइ छ।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको छ। प्रहरीका अनुसार पहिरोले उइनगुलुङ खोला थुनिएपछि बनेको पानीको अवरोध फुटेर बुढीगण्डकीमा मिसिएको थियो। त्यसपछि नदीमा अचानक बाढी आएको देखिएको छ।

बाढीले सिरिङ्गे हिमालको फेदीमा रहेका पाँचवटा भेडीगोठ बगाएको छ। ती गोठमा रहेका मानिसहरू सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको अवस्था र सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी छ।

विज्ञापन

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ।

४७ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जोखिमपूर्ण भौगोलिक अवस्था र पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

घटनाको वास्तविक क्षति, सम्पर्कविहीन व्यक्तिहरूको संख्या र बाढीबाट प्रभावित अन्य क्षेत्रको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा र उद्धारलाई प्राथमिकता दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।