फेसन, शक्ति, सौन्दर्य र नारी एकताको अविस्मरणीय साँझ ‘बाहुबलीः राइज आफ द क्वीन्स’ समारोह सम्पन्न भएको छ। शनिवार साँझ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको रिभिजिटमा ‘बाहुबलीः राइज आफ द क्कीन्स’ पनाचे रनवे भएको हो।

श्वेता सिरोहिया रोक्का द्वारा डिजाइन, स्टाइल गरिएको पनाचे रनवे को उद्देश्य कैयौँ थियो, त्यसमध्ये एक हो सुरुमा बाढी पीडितलाई आर्थिक सहयोग गर्ने। समारोहबाट उढेका सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने आयोजकको भनाइ छ।
विभिन्न कलाकार तथा कन्टेन्ट क्रिएटर, समाजसेवी लगायतका व्यक्ति पनाचे रनवेमा सहभागी भएका थिए। सहभागी प्रतिस्पर्धीहरू दक्षिण भारतीय चलचित्र ‘बाहुबली’ लाई आफ्नो थिममा राखेर पहिरन तथा तलवार, तीरलगायत सामाग्री हातमा बोकेर रनवेमा देखिए।


रनवेमा सहभागी कुल २३ जनामध्ये ९ जना पुरुष र १४ जना महिला रनवेमा ‘बाहुवली क्वीन्स तथा किंङ’ अवतारमा देखिएका थिए। सहभागी प्रतिस्पर्धीमा उद्यमी शोभा ज्ञवाली बाहुबलीकी पात्र राजमाता शिवगामीको अवतारमा देखिएकी थिइन्। मोडेल प्रशान्त ताम्राकार कटप्पाको भूमिकामा प्रस्तुत भए। अभिनेता आयुष जोशी अमरेन्द्र बाहुबली, देवसेनाको भूमिकामा दीपमाला ढकाल, वरुण राणा भने महेन्द्र बाहुबली, अभिनेत्री आना शार्मा रिभिल क्वीन्स, रितु सिंह वैध क्राउन क्कीन, नीति शाह बेहुली, यसै गरी रुपाली सवागी, इभा गिरी, पविना खड्का, डा. ज्योती रायमाझी राणा, रुपी सिंह, डाक्टर अपर्णा शाह, नामग्याल, देवान्स राणा, समर्पन कार्की, पराकरम राणा, कुन्साङ तामाङ बोमजन, विजय लामा, भवानी राणालगायतका व्यक्तित्वहरु र्याम्पमा देखिएका थिए।

२३ जना सहभागीलाई हिमानी राणाद्वारा उपहार तथा डाक्टर अमित कुमारको तर्फबाट नि:शुल्क स्वास्थ्य सेवाको कुपन हस्तान्तरण गरियो।
र्याम्पमा सहभागी समाजसेवी तथा उद्यमी शोभा ज्ञवालीले बाहुबलीः राइज आफ द क्वीन्स’ बारे खुलाउँदै भनिन्, ‘रसुवा बाढीमा प्रभावित व्यक्तिहरूको आर्थिक सहयोगका लागि हामीले यो प्रयास गरेका हौँ। यसमा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेका छौँ। विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूको यसमा सहभागी रहनेछन्। राष्ट्रलाई प्राकृतिक प्रकोपले दुःख दिइरहेका बेला हामीले यसको माध्यमबाट अलिकति भए पनि जनतामा सकारात्मक सन्देश जाओस् भन्ने उद्धेश्य राखेका छौं।’

बाहुबलीः राइज आफ द क्वीन्स’ की माया राणा, भावना राणा र श्वेता सिरोहिया रोक्काद्वारा गरिएको रनवेको मुख्य उद्देश्य भने रसुवा बाढी पीडितलाई सहयोग गर्ने रहेको थियो।

यो सँगै उक्त शोबाट सङ्घर्ष र मन्दाकिनी किताबबाट उठेको ५० प्रतिशत बाढी पीडितलाई सहयोग गर्ने किताबकी लेखक शोभा ज्ञवालीले घोषणा गरेकी थिइन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।