ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

कद प्रतियोगिता

प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जिराफ, उँट र हात्ती फाइनल राउन्डमा पुगे।

निर्णयकर्ताहरूले ती तीन जन्तुलाई पालैपालो एक वाक्यमा आआफ्नो विशेषताबारे बोल्न लगाए।

पहिलो पालो परेको जिराफले गर्दन तन्काउँदै भन्यो, “मेरो सुन्दर शरीर कलात्मक बुट्टाले सजिएको छ।”

विज्ञापन

दोस्राे प्रतिस्पर्धी, उँटले जुरो हल्लाउँदै भन्यो, ” म मरुभूमिको जहाज हुँ।”

अन्तिममा हात्तीले सुँड उचाल्दै गर्वका साथ भन्यो, “मेरा दाह्रा बहुमूल्य छन्।”

निर्णायक मण्डललाई निर्णय गर्न हम्मे पर्यो। नतीजा घोषणा स्थगित गरियो। फुर्सदिला भएका ती जन्तुहरू वनमा विचरण गर्न थाले।

खजुर, नरिवल र मसलाको रुखहरूको फेदमा पुगेका ती जन्तुहरू सिँयालमुनि आआफ्नो छायाँ खोज्न थाले।

– नर पल्लव

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

पेशा

कोरखबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।