ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

हङकङलाई हराउँदै साउदी अरेबिया १० रनले विजयी

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल छनोट ‘बी’ अन्तर्गत साउदी अरेबियाले हङकङलाई १० रनले पराजित गरेको छ।

क्वालालम्पुरमा आज भएको खेलमा साउदी अरेबियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको हङकङ १९.३ ओभरमा १५८ रनमा समेटियो।

हङकङका लागि रेयान्स शर्माले अविजित ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। शाहिद वासिफले २१, अनश्य रथले १८ तथा बाबर हैयातले १८ रन बनाए। हङकङका अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

विज्ञापन

साउदी अरेबियाका इस्तियाक अहमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। उस्मान नाजिबले २५ रन दिएर ३ विकेट झारे भने जैन उल आबिदिनले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ६७ रन बनाए। उनले ४६ बलमा ७ चौका र एक छक्का प्रहार गरे। फैसल खानले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३८ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै, मनन अलीले २२, उस्मान खालिदले १४ तथा वाजी उल हसनले ६ रन बनाए। उस्मान नाजिब ७ र हिशाम शेख एक रनमा अविजित रहे।

हङकङका बलरमध्ये आयुष शुक्ला, हसन खान मोहम्मद, यासिम मुर्तजा, मोहम्मद गजनफर, ऐजाज खान र एहसान खानले समान एक-एक विकेट लिए।

साउदी अरेबियाका इस्तियाक अहमद खेलका उत्कृष्ट खेलाडी घोषित भए। उनको प्रभावशाली बलिङसँगै साउदी अरेबियाले प्रतिस्पर्धात्मक खेलमा जित निकाल्न सफल भयो। प्रतियोगितामा साउदीको यो लगातार तेस्रो जित हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।