ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।

लिग-२ को अंकतालिकामा नेपाल र क्यानडा दुवै टोली मध्यभागमा रहेका छन्। क्यानडा ३३ खेलबाट २५ अंक जोड्दै छैटौँ स्थानमा छ भने नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। त्यसैले आजको खेल दुवै टोलीले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्दै छैटौँ स्थानमा रहेर एकदिवसीय मान्यता बचाउने अवसरका रुपमा लिएका छन्।

नेपालले पछिल्ला पाँच खेलमध्ये दुई खेलमा जित निकालेको छ भने तीन खेलमा पराजय भोगेको छ। यता क्यानडाले पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको छ। पछिल्लो प्रदर्शनका आधारमा नेपाललाई मनोवैज्ञानिक फाइदा हुन सक्ने देखिए पनि मैदानमा दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिएको छ।

विज्ञापन

विश्वकप लिग-२ मा नेपालका लागि प्रत्येक खेलको नतिजा महत्वपूर्ण रहेकाले क्यानडाविरुद्ध जित निकाल्दै अंक थप्ने लक्ष्य हुनेछ। घरेलु मैदानबाहिर खेलिरहेको नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधारिएको प्रदर्शन गर्नुपर्नेछ।

आजको खेलमा जित निकाल्न सके नेपाल अंकतालिकामा क्यानडा भन्दा माथि हुनेछ। त्यसैले नेपाली टोलीका लागि यो खेल एकदिवसीय मान्यता बचाउनका लागि महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।