काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औं आरएनजीसी बर्थडे कप’ गल्फ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल च्याम्पियन बनेका छन्। पुरुषतर्फ सुरज श्रेष्ठ तथा महिलातर्फ सम्झना खत्री उपविजेता बने।
यस्तै, सिनियर पुरुषतर्फको उपाधि युवराज गुरुङले हात पार्दा रविन्द्र मान श्रेष्ठ उपविजेता घोषित भए।

रोयल नेपाल गल्फ क्लबको १०९ औं वार्षिकोत्सवका अवसरमा गोर्खा ब्रुअरीले आफ्नो प्रिमियम ब्रान्ड कार्ल्सबर्गमार्फत प्रतियोगिता आयोजना गरेको हो।
असोज २३ र २४ गते दुई दिनसम्म सञ्चालन भएको प्रतिस्पर्धामा देशभरका एमेच्योर खेलाडीहरूको सहभागिता रहेको थियो।
नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्दै खेल भावना र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो।
यो प्रतियोगिताले नेपालमा गल्फ खेलको प्रवर्द्धन र निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।