ब्रेकिङ न्युज
विज्ञापन
समाज

खुल्यो पृथ्वी राजमार्ग, गलौंदीमा भित्ता काटेर यातायात सुचारु

त्रिशूली नदीको कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी खण्डमा सडक मर्मतपछि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ।

गलौंदीमा नदी कटानले करिब १६० मिटर सडक भासिएपछि राजमार्गमा सवारी आवागमन ठप्प बनेको थियो। सडकको भित्तातर्फको भाग काटेर नयाँ ट्र्याक तयार गरेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।

सडक सञ्चालनमा आएसँगै राजमार्गको अवरोध हटे पनि मर्मत गरिएको खण्डमा जोखिम कायमै रहेकाले रात्रिकालीन यात्राका क्रममा विशेष सतर्कता अपनाउन ट्राफिक प्रहरी तथा सडक विभागले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।