ब्रेकिङ न्युज
विज्ञापन
समाज

खाना र फ्रिजमै सांग्ला-भुसुना भेटिएपछि ‘मन्त्र थकाली’ लाई साढे २ लाख जरिवाना

काठमाडौंको महाराजगञ्जस्थित चर्चित रेस्टुरेन्ट मन्त्र थकालीलाई भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएपछि दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खानाभित्र किरा परेको भन्दै उपभोक्ताले फोनमार्फत गुनासो गरेलगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भान्छा र फ्रिजभित्रै सांग्ला तथा भुसुना भेटिनुका साथै पकाइएको खाद्यपदार्थसमेत नछोपी असुरक्षित रूपमा भण्डारण गरिएको पाइएको छ।

विज्ञापन

यस्तै, भान्छाको डस्टबिन खुला र फोहोर रहेको, ड्रेनेज सफा नगरिएको तथा मसीयुक्त पत्रिकाको कागजमा करिब १ किलो फ्राइड आलु राखिएको फेला परेको विभागले जनाएको छ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड पाइएपछि संयुक्त टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। साथै, पत्रिकामा भण्डारण गरिएको आलु तत्काल नष्ट गरिएको छ।

विभागले पकाएको खाना छोपेर राख्न, किट नियन्त्रण प्रभावकारी बनाउन र मसीजन्य कागजको प्रयोग नगर्न निर्देशन दिएको छ।

औंल्याइएका कैफियतहरू ७ दिनभित्र सुधार गरी प्रमाणसहित विभागमा उपस्थित हुन आदेश दिइएको छ। तोकिएको समयमा सुधार नगरे ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम थप कारबाही गरिने चेतावनी दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।