बर्दियाको राजापुरमा चितुवाको आक्रमणमा परी ४२ वर्षीय मंगल थारुको मृत्यु भएको छ।
राजापुर नगरपालिका-३ चख्खापुरस्थित तिघ्रा सडकखण्डमा बिहीबार मध्यराति सडकमा बसिरहेका बेला थारुमाथि चितुवाले अचानक आक्रमण गरेको थियो।
आक्रमणबाट गम्भीर घाइते भएका उनलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाका निमित्त प्रमुख तोलखराज चापागाईंले जानकारी दिए।
घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी होमप्रसाद चौधरीले मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।