बुढीगण्डकी नदीमा अचानक आएको बाढीबाट भएको क्षतिप्रति नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र पार्टीका सदस्यलाई आफू सुरक्षित रहेर उद्धार कार्यमा जुट्न आग्रह गरिएको छ।
पार्टी सभापति गगनकुमार थापाले पनि बाढीबाट उत्पन्न विपद्प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

महाधिवेशन सकेर फर्किरहेका पार्टीका सदस्यलाई सुरक्षित रूपमा फर्कन आग्रह गर्दै उनले बुढीगण्डकी बाढी प्रभावित क्षेत्र आसपासका सदस्यलाई तत्काल उद्धार कार्यमा जुट्न आह्वान गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।