ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

सभामुख अर्यालसँग केन्याका नेपाली अवैतनिक वाणिज्यदूत डा. अस्करको शिष्टाचार भेट

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा केन्यासहित अफ्रिकी मुलुकहरूमा बसोबास गरिरहेका नेपालीहरूको अवस्था, उनीहरूको बसोबासको कानुनी हैसियत तथा आवश्यक सहजीकरणका विषयमा छलफल भएको थियो।

डा. जिमीले नेपालीहरूको बसोबाससम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारमार्फत आवश्यक कूटनीतिक पहल र सहयोग गरिदिन सभामुखसमक्ष अनुरोध गरे। साथै, दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका समस्या तथा उनीहरूलाई आवश्यक कूटनीतिक र कन्सुलर सेवा उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।