ब्रेकिङ न्युज
विज्ञापन
समाज

घरघरमा जमरा राखियो

आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ।

दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको थियो।

विज्ञापन

सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो।

नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरिन्छ। जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढापछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेँला जमरा लगाउने प्रचलन छ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताए। दुर्गाका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।