कोशी प्रदेशसभाले प्रदेशभित्र नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
शनिबार बसेको प्रदेशसभा बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ निर्विरोध पारित गरेको हो।
विधेयक पारित भएसँगै प्रदेशमा अब १४ वटा भाषाले सरकारी कामकाजको कानुनी मान्यता पाएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।

विधेयक अनुसार नेपालीका अतिरिक्त लिम्बु, मैथिली, तामाङ, थारु, उर्दु, राजवंशी, राई, नेवार, मगर, चाम्लिङ, शेर्पा, बान्तावा र सन्थाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गरिएको छ।
प्रदेशसभाबाट पारित भएको यो ऐन आगामी २०८३ साल कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीका दिनदेखि औपचारिक रूपमा कार्यान्वयनमा आउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।