ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

राजनीति जनताको सेवा गर्नेभन्दा अर्को उद्देश्य हुनुहुँदैन : शशांक कोइराला

नेपाली कांग्रेसका संस्थापनइतर समूहका संयोजक डा शशांक कोइरालाले आगामी १५औँ महाधिवेशनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने दाबी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशनको शनिबार उद्घाटन गर्दै कोइरालाले मंसिरका लागि तय गरिएको महाधिवेशन पार्टीको भविष्यका लागि महत्त्वपूर्ण रहेको बताए। महाधिवेशनले पार्टीभित्रको एकता कायम गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई एकजुट भएर अघि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो।

कोइरालाले नेपाली कांग्रेसको ७०–८० वर्षको इतिहास, स्पष्ट विचार र नीतिका कारण पार्टीलाई कमजोर बनाउन कुनै पनि शक्तिले नसक्ने दाबी गरे। सबै राजनीतिक शक्ति एक ठाउँमा उभिए पनि कांग्रेसलाई हराउन नसक्ने उनको भनाइ थियो।

विज्ञापन

उनले कांग्रेसले मुलुकमा गरेको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनलाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको बताए। विगतमा सडक, शिक्षा, स्वास्थ्य, विश्वविद्यालय, बैंकिङ क्षेत्र तथा हवाई यातायातलगायत क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको चर्चा गर्दै उनले त्यसको श्रेय कांग्रेसले लिन सक्नुपर्ने धारणा राखे।

सत्ता र शक्तिको प्रयोगबारे बोल्दै कोइरालाले कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र अरूलाई पनि गर्न नदिने बताए। राजनीतिमा लाग्नुको मुख्य उद्देश्य जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गर्दै उनले सत्ताको दुरुपयोग गर्ने व्यक्ति राजनीतिमा रहन नहुने धारणा व्यक्त गरे।

‘राजनीति केका लागि हो ? जनताको सेवा गर्नेभन्दा अर्को उद्देश्य हुनुहुँदैन,’ उनले भने।

कोइरालाले निर्वाचनमा पैसाको प्रभाव बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे। आफू पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दा ८० लाख रुपैयाँ खर्च भएको र त्यसपछिका निर्वाचनमा खर्च बढ्दै गएको अनुभव सुनाउँदै उनले अन्तिम निर्वाचनमा ६ करोड रुपैयाँसम्म खर्च भएको बताए।

निर्वाचनमा मतदाताले पैसाको प्रभावमा नभई उम्मेदवारको योजना, विचार र कामका आधारमा मतदान गर्नुपर्ने उनको भनाइ थियो। आफूले प्रत्येक निर्वाचनअघि पाँच वर्षमा गर्ने कामको योजना बनाउने र त्यसअनुसार काम गर्ने गरेको पनि उनले बताए।

कोइरालाले आगामी महाधिवेशनलाई पार्टीभित्र एकता कायम गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै कांग्रेसलाई आगामी निर्वाचनमा एकजुट बनाएर अघि बढाउनुपर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।