ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

महेश बस्नेत भन्छन्- ‘शिवरात्रिको मुडा’ झैं दन्किने गरी आन्दोलनको तयारी हुँदैछ

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन्। बस्नेतलाई संचारकर्मीले ‘चाडपर्वपछि घोषणा गरिएको आन्दोलनको मिति सरेको सर्‍यै, गर्‍यो नि ?’ भनि प्रश्न गरेका थिए।

सो को जवाफ दिँदै उनले भने. ‘शिवरात्रिको ठूलो मुडा एकैचोटि बल्दैन, त्यसका लागि पहिले कागज, झिँजा र साना दाउरा सल्काइन्छ। अहिले भइरहेका वडा, पालिका र प्रदेश तहका अधिवेशन तथा भेलाहरू आन्दोलनकै पूर्वतयारी हुन्।’

विज्ञापन

उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सोचेभन्दा निकै विशाल आन्दोलन हुने दाबी गरे। एमालेले सरकारलाई जिस्क्याउन नभई परिवर्तनका लागि आन्दोलनको आधार खडा गरिरहेको उनको भनाइ छ।

आन्दोलनमा सहकार्यबारे प्रस्ट पार्दै बस्नेतले वर्तमान सरकार अधिनायकवादी, प्रतिशोधी, जनविरोधी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।