ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

चितवनमा तीन हजार ३६२ मतदाता घटे

जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ।

जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो।

उनले भने, ‘यही असोज १ गते नामावली प्रकाशन गरी २ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०८३ बमोजिम स्थानीय तहबाट मृत्यु भएका व्यक्तिको विवरण र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता त्यागसम्बन्धी विवरण मागगरी मतदाता नामावलीबाट नाम हटाइएको हो।’

विज्ञापन

कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ।

हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसहितको विस्तृत विवरण कार्यालयले सार्वजनिक गरेको उनले बताए । साथै हटाइएका नामका सम्बन्धमा कुनै दाबीविरोध वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरिएको बताए।

कुल चार लाख ४२ हजार ८२ जना मतदाता रहेको जिल्लामा अद्यावधिकसहित अन्तिम मतदाता नामावली भने यसै महिनाको अन्त्यमा प्रकाशन गरिने कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।