नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता कायम राखेका छन्।
अघिल्लो महाधिवेशनबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङ भने पाँचौं स्थानमा छन्।
पछिल्लो मतपरिणामअनुसार भण्डारीले ६७९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनले कुल मतको ५१.२ प्रतिशत मत पाएका छन्। त्यस्तै, आचार्यले ३९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। उनले २९.७ प्रतिशत मत पाएका छन्।

गोविन्द भट्टराई ३४५ मतसहित तेस्रो र सुरेन्द्रराज पाण्डे ३३७ मतसहित चौथो स्थानमा छन्। धनराज गुरुङले २४० मत प्राप्त गर्दै पाँचौं स्थानमा छन्।
त्यस्तै, दीपक गिरीले २६४ मत प्राप्त गरेका छन् भने प्रा.डा. चन्द्र मोहन यादवले १३८ मत पाएका छन्।
उपसभापति पदका लागि खुला दुई सिटमा भएको निर्वाचनको मतगणना भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।