स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्।
स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै केन्द्र सक्रिय गरिएको उनले बताएकी हुन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न उनले आग्रह गरेकी छन्।
विपद्का बेला नागरिकको जीवन रक्षा, घाइतेको उपचार र प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताइन्।

मन्त्री मेहताले बूढीगण्डकी नदीको तटीय क्षेत्रसहित गोरखा, तनहुँ, चितवन र नवलपरासीका नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह समेत गरेकी छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।