ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकी बाढी : मनास्लु सर्किट गएका पर्यटक अलपत्र

बूढीगण्डकी नदीमा गएको बाढीका कारण मनास्लु सर्किट गएका पर्यटक अलपत्र परेका छन्।

बाढीले विभिन्न ठाउँका मोटरेबल तथा झोलुङ्गे पुल बगाए र सडक अवरुद्ध भएपछि पर्यटकहरू बाटोमै रोकिएका हुन्।

आइतबार बिहान बूढीगण्डकीमा बाढी आउँदा गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ।

विज्ञापन

बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले चुमनुब्री गाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ भने जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।