ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्। भिल्लारियलविरुद्ध गत साता भएको खेलमा रातो कार्ड पाएपछि स्पेनिस फुटबल महासंघको अनुशासन समितिले बुधबार उनीमाथि प्रतिबन्धको निर्णय गरेको हो।

शनिबार भएको खेलमा भिनिसियसले रियल मड्रिडका लागि दोस्रो गोल गरेको ठानेर खुसी मनाएका थिए। तर भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा गर्दा गोल हुनुअघि उनले भिल्लारियलका नाथन सालिबाको कपाल तानेको देखिएपछि रेफ्री इसिद्रो डियाज दे मेराले गोल रद्द गर्दै उनलाई रातो कार्ड देखाएका थिए।

भिनिसियस खेलको ५२औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। त्यसको २० मिनेटपछि नै उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिनुपरेको थियो। रेफ्रीको निर्णयपछि उनी आक्रोशित देखिएका थिए। उनका साथी खेलाडीले शान्त पार्ने प्रयास गरे पनि उनले मैदान छाड्ने क्रममा रेफ्रीसँग असन्तुष्टि व्यक्त गरेका थिए।

विज्ञापन

रियलका प्रशिक्षक जोसे मोरिन्होले भिनिसियसको गोल भएको ठानेर खेलाडीहरूसँगै खुसी मनाउन पुगेका थिए। तर भीएआर समीक्षापछि गोल रद्द हुनुका साथै भिनिसियसले रातो कार्ड पाएपछि टोलीको उत्सव निराशामा परिणत भएको थियो।

खेलपछि भिनिसियसले सामाजिक सञ्जालमार्फत टोली र समर्थकसँग माफी मागेका थिए। उनले आफूले गरेको व्यवहारप्रति दुःख व्यक्त गर्दै लेखेका थिए, ‘टोली र समर्थकसँग माफी चाहन्छु।’

स्पेनिस फुटबल महासंघको अनुशासन समितिले रातो कार्ड र त्यसपछि रेफ्रीसमक्ष गरेको विरोधलाई आधार बनाएर उनीमाथि प्रतिबन्ध लगाएको हो। यससँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेलमा रियलका लागी भिनिसियस उपलब्ध हुने छैनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।