ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

कालीकोटमा कर्णाली प्रदेशस्तरीय भलिबल छनोट सुरु

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता कालीकोटमा सुरु भएको छ। प्रदेशका १० वटै जिल्लाका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लाका युवा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छनोट गरी दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको प्रतिनिधित्व गराइनेछ।

विज्ञापन

‘प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा समेत राम्रो नतिजा ल्याउने विश्वास लिएका छौं,’ कर्णाली खेलकुद परिषद्का सदस्य तथा खेल संयोजक पंखबहादुर मल्लले भने।

प्रतियोगिताको अवसरमा प्रतिनिधिसभा सदस्य तथा सांसद महेन्द्रबहादुर शाहीले कालीकोटमा भलिबल छनोट प्रतियोगिता आयोजना हुनुले स्थानीय खेलाडीहरूमा थप ऊर्जा र उत्साह थपेको बताए। उनले खेलाडीहरूलाई आफ्नो क्षमता, प्रतिभा र खेलकौशल निर्धक्क प्रदर्शन गर्न शुभकामना दिए।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी हाल कर्णाली प्रदेशका विभिन्न जिल्लामा विभिन्न खेलका छनोट चरणहरू सञ्चालन भइरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।