ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

प्रहरीले चामल नियन्त्रणमा लिएपछि व्यापारीले छर्किए शरीरमा म’ट्टितेल

बिलसहितको चामल नियन्त्रणमा लिएर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै कपिलवस्तुको कृष्णनगरका एक व्यापारीले बुधबार बिहान आत्मदाहको प्रयास गरेका छन्।

कृष्णनगर नगरपालिका-२ स्थित नैन्सी ट्रेडर्सका सञ्चालक महेश अग्रहरीले बिहान करिब ११ बजे शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्।

उनले भारतबाट ल्याउँदै गरेको ६४ बोरा मोटा चामल मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर कृष्णनगर भन्सार कार्यालयमा बुझाएको थियो।

विज्ञापन

बुधबार भन्सार कार्यालयले बिना जरिवाना चामल छाड्न नमिल्ने बताएपछि आक्रोशित बनेका अग्रहरीले आत्मदाहको प्रयास गरेको बताइएको छ। यद्यपि, उनले आगो भने सल्काउन पाएनन्।

व्यापारी महेशका भाइ संजयले आफूहरूसँग खरिद बिल हुँदाहुँदै पनि प्रहरीले दुःख दिएको दाबी गरे। घुमुवा प्रहरीले मागेको एक लाख रुपैयाँ घुस नदिएका कारण चामल नियन्त्रणमा लिइएको उनको आरोप छ।

‘चिनी पनि ल्याएको आरोप लगाएर दुःख दिइयो, बिल देखाउँदा-देखाउँदै पनि चामल जफत गरियो,’ उनले भने।

यता प्रहरीले भने बिल नभएका कारण चामल नियन्त्रणमा लिइएको जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी शारदाप्रसाद चौधरीका अनुसार भारतबाट ल्याइएको चामलको बिल देखाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

‘चामल नियन्त्रणमा लिएपछि व्यापारीले शरीरमा मट्टितेल खनाएर आत्मदाहको प्रयास गरेका हुन्,’ एसएसपी चौधरीले भने, ‘उनले आगो लगाउन भने पाएनन्। मट्टितेलका कारण सामान्य एलर्जी भएकाले अहिले भैरहवामा उनको उपचार भइरहेको छ।’

घटनापछि उत्पन्न विवाद समाधानका लागि स्थानीय व्यापारी, प्रहरी र भन्सार कर्मचारीबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।