ब्रेकिङ न्युज
विज्ञापन
समाज

कास्कीमा ‘अपरेसन ३६५’: वर्षदिनमा ८९८ मोटरसाइकल र २९ चालक कारबाहीमा

कास्कीमा ध्वनि प्रदूषण गर्ने, स्वरूप परिवर्तन गरिएका र सडकमा आतंक फैलाउने ८९८ वटा मोटरसाइकललाई प्रहरीले एक वर्षको अवधिमा कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत अघिल्लो वर्षको असोज २७ देखि यस वर्षको असोज २६ गतेसम्म ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्।

कारबाहीका क्रममा प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २९ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको छ। बाँकीलाई भने सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको छ।

विज्ञापन

‘मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा तीव्र गतिमा हुँइक्याउने, होहल्ला गरी उच्छृङ्खल गतिविधि गर्ने र शान्तिसुरक्षामा खलल पार्नेहरूलाई नियन्त्रणमा लिएका हौं,’ कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले भने।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये पटक-पटक नियम उल्लंघन गर्ने ३६७ वटा मोटरसाइकललाई यातायात व्यवस्था कार्यालयमार्फत पटके कारबाही गरिएको छ।

पहिलो पटक कारबाहीमा परेकाहरूलाई भने ट्राफिक जरिवाना तिराएर छाडिएको डिएसपी पासवानले जानकारी दिए।

यस्तै, स्वरूप परिवर्तन गरिएका सबै मोटरसाइकललाई प्रहरीकै रोहबरमा मेकानिक झिकाएर साविककै अवस्थामा फर्काउन लगाई धनीको जिम्मा लगाइएको छ।

सवारीको स्वरूप परिवर्तन, प्रेसर हर्नको जथाभावी प्रयोग र जिगज्याक ड्राइभिङले दुर्घटना निम्त्याउनुका साथै बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अस्पतालमा उपचाररत व्यक्तिहरूलाई गम्भीर असर पार्ने प्रहरीको भनाइ छ।

प्रहरीले वर्कसप, ग्यारेज तथा रिकन्डिसन हाउसहरूलाई समेत सवारीको स्वरूप परिवर्तन नगर्न सचेत गराएको छ। कास्की प्रहरीले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।