ब्रेकिङ न्युज
विज्ञापन
समाज

शंकास्पद आचरण गर्ने २४ दक्षिण कोरियाली नागरिक निष्कासित

नेपालमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले निष्कासित गरेको छ। भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो।

अध्यागमन विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो।

विभागले २४ जनाकै भिसा रद्द गर्दै जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। साथै, उनीहरूलाई निष्कासन गरिएको मितिदेखि तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ। सोही निर्णयअनुसार असोज २८ गते उनीहरूलाई निष्कासित गरिएको विभागले जनाएको छ।

विज्ञापन

उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको सुन्दरडाँडा क्षेत्रमा रहेको नेपाल न्यु कोभेनान्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए।

पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले भिसा प्राप्त गर्दाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएको अध्यागमन विभागले जनाएको छ।

विभागका अनुसार निष्कासित सबै दक्षिण कोरियाली नागरिकको भिसाको म्याद भने बाँकी नै थियो। तर, अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई जरिवानासहित निष्कासन गर्ने निर्णय गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।