ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय समितिबाट अस्वीकृत

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। महिला हिंसा र आर्थिक असुलीलगायतका गम्भीर आरोपहरू लागेपछि समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।

बुधबार बसेको सुनुवाइ समितिको बैठकले सुनारको नाम अस्वीकृत गरेको हो। यसअघि सुनुवाइकै क्रममा सांसदहरूले सुनारमाथि नैतिक आचरण र फौजदारी प्रकृतिका गम्भीर आरोपहरू लागेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

सुनुवाइका क्रममा नेकपा एमालेकी सांसद पद्मा अर्यालले घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध राखेको विषय महिला हिंसा भएको उल्लेख गर्दै उनको नैतिक धरातलमाथि प्रश्न उठाएकी थिइन्।

विज्ञापन

त्यस्तै रास्वपा सांसद मधुकुमार चौलागाईंले सुनारविरुद्ध परेका उजुरीहरूको फेहरिस्त सुनाउँदै घरेलु हिंसा, डीआईजीबाट एआईजी बढुवा गरिदिने भन्दै रकम असुली, सांसद बनाइदिने प्रलोभन, ‘हाम्रो नेपाल पार्टी’ मा केन्द्रीय सदस्य रहेको र जर्मनीबाट डिपोर्ट भएको विषयमा जवाफ मागेका थिए।

जवाफमा सुनारले आफू महिला अधिकार र आत्मरक्षाको तालिम दिने अभियन्ता भएको दाबी गरेका थिए। उनले १३ वर्षअघि फोनमा भएको सामान्य भनाभनलाई उचालेर आफ्नो चरित्रहत्या गरिएको जिकिर गर्दै ‘प्रमाण ल्याए सजाय भोग्न तयार छु’ भन्दै बचाउ गरेका थिए।

तर सुनारको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीमाथिका आरोपहरू गम्भीर प्रकृतिका रहेको ठहर गर्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारले गत असोज २ गते १३ देशका लागि राजदूत सिफारिस गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।