ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

ओली भन्छन् : एकजना भाषाशास्त्रीको अडियो आएको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई भाषाशास्त्री भन्दै व्यङ्ग्य गरेका छन्।

बिहीबार पार्टी कार्यालयमा बोल्दै ओलीले अहिले लोकप्रिय व्यक्तिलाई रातारात हिरो बनाउने र त्यसैगरी अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको बताए।

‘अहिले भर्खर एकजना भाषाशास्त्रीको अडियो आएको छ। महान् विद्वान्, विज्ञको। भयंकर यस्तोलाई रातारात हिरो बनाइन्छ,’ ओलीले भने।

विज्ञापन

उनले यस्तो प्रवृत्ति नेपालमा मात्रै नभई विभिन्न देशमा पनि देखिएको दाबी गरे। लोकप्रिय व्यक्तिलाई योजनाबद्ध रूपमा स्थापित गर्ने र त्यसपछि कमजोर पार्ने अभ्यास लोकतान्त्रिक प्रणालीका लागि चुनौती भएको उनको भनाइ थियो।

ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपका तरिकामा ठूलो परिवर्तन आएको उल्लेख गर्दै त्यसबारे गम्भीर अनुसन्धान गर्नुपर्ने बताए। उनका अनुसार अहिले सरकार परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने अभ्याससमेत फरक स्वरूपमा अघि बढिरहेको छ।

‘लोकतन्त्रका जनक हौँ भन्ने, लोकतन्त्रका रक्षक हौँ भन्ने र मानव अधिकारका रक्षक हौँ भन्नेहरूले नै अलोकतान्त्रिक तरिकाबाट, षड्यन्त्रपूर्ण ढंगले सत्ता परिवर्तन गराउँछन् र आफ्ना पपेट गभर्मेन्ट स्थापना गर्छन्,’ ओलीले भने।

उनले यस्तो प्रवृत्ति नेपालमा मात्रै सीमित नरहेको उल्लेख गर्दै विश्व राजनीतिमा भइरहेका हस्तक्षेप र सत्ता परिवर्तनका अभ्यासबारे अनुसन्धान आवश्यक रहेको बताए।

ओलीले नीति निर्माण गर्दा कोठामा बसेर वा अनुमानका आधारमा मात्रै निर्णय गर्न नहुने धारणा पनि राखे। जनताको तहदेखि बुद्धिजीवीसम्मको सुझाव र प्रतिक्रिया लिएर नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘नीति मनगढन्ते हुनु हुँदैन। रिसर्च बेस्ड र भिजनरी हुनुपर्छ। चाहना एउटा हुन सक्छ, तर त्यसले नतिजा दिन सक्दैन,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।