ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

काठमाडौं फर्कनुअघि गृहमन्त्री गुरुङ र भारतका विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग नयाँदिल्लीमा भेटवार्ता गरेका छन्। गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले बुधबार भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री गुरुङसँग भेट भएको जानकारी दिएका छन्। यद्यपि, भेटवार्तामा भएका छलफलका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चर्चा भइरहेका बेला दुई देशबीच क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद् पूर्वतयारीमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

विज्ञापन

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।

तीनदिने भारत भ्रमण पूरा गरी गृहमन्त्री गुरुङ बुधबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।