ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

अन्तरदेशीय अपराधविरुद्ध सहकार्य बलियो हुनुपर्छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौती नियन्त्रण गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्।

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण भन्दै उनले अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्ने नेपालको धारणा प्रस्तुत गरेको बताएका हुन्।

उनले प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमार्फत अन्तरदेशीय अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै गृहमन्त्री गुरुङले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्तावसमेत अघि सारेका छन्।

बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग पनि साझा सुरक्षा चासोका विषयमा छलफल भएको उनले बताएका छन् । दुवै देशका गृहमन्त्रीले द्विपक्षीय सुरक्षाका विभिन्न आयाम र समसामयिक विषयमा आपसी समन्वय तथा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका लागि भोग्नुपरेका चुनौती र भारतमा रहेका प्रवासी नेपालीका समस्याबारे पनि छलफल भएको गुरुङले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।