ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

वाई-वाई यु-१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ।

कैलालीको फाप्ला खेल मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो।

कञ्चनपुरका लागि अङ्कुश ओखेडाले सर्वाधिक ३० रन बनाए। उनले २० बलमा ६ चौका प्रहार गरे। हिमाल पन्तले ४२ बलमा तीन चौकासहित १८ र अङ्कित चन्दले २३ बलमा तीन चौकासहित १५ रनको योगदान दिए। बलिङमा कैलालीका रुद्रप्रसाद आचार्य र रोशन रावलले समान तीन-तीन विकेट लिए।

विज्ञापन

कुल ८९ रनको सामान्य लक्ष्य पछ्याएको कैलाली ३० ओभरमा पाँच विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सफल भयो। कैलालीका निश्चल क्षेत्रीले ४७ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए। प्रिकल चन्दले ५४ बलमा एक चौकासहित १८ रनको योगदान गरे।

कञ्चनपुरको जितमा जनक सिंह सुनार र सृजल ओडले उत्कृष्ट बलिङ गरे। जनकले चार ओभरमा एक मेडन राख्दै तीन रन खर्चिएर चार विकेट लिए। सृजलले सात ओभरमा एक मेडनसहित १६ रन दिएर चार विकेट हात पारे। उत्कृष्ट बलिङ प्रदर्शन गरेका कञ्चनपुरका जनक सिंह सुनार ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

वाई-वाई यु-१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता सुदूरपश्चिमका आठ जिल्लाका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समुह ‘ए’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ रहेका छन भने समूह ‘बी’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मण दत्त भट्टले समूह ‘ए’ का खेल बैतडी र समूह ‘बी’ का खेल कैलालीमा सञ्चालन भइहरेको जानकारी दिए। ‘दुई वटै समूहका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘फाइनल खेल आगामी शनिबार बैतडीको दशरथचन्द खेलमैदानमा हुनेछ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।