पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन्।
चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको छ। ३० वर्षीय मिर पाकिस्तानका अनुभवी स्पिनर हुन्।
दायाँहाते लेग स्पिन बलिङ गर्ने उनले सन् २०२३ मा न्युजील्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए।

उनले पाकिस्तानका लागि एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवै प्रारूपमा खेलेका छन्। मिरले १२ एकदिवसीय र पाँचवटा टी-२० आई खेलमा प्रतिस्पर्धा गरेका छन्।
पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिगसमेत उनले खेलिसकेका छन्। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।