ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

ह्विलचेयर रग्बीको प्रशिक्षण सम्पन्न

नेपालमा ह्विलचेयर रग्बीको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बिआइए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो। प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए।

प्रशिक्षणको समापनसँगै आयोजित मैत्रीपूर्ण खेलमा बिआइए नीलोले बिआइए रातोलाई ३९–३६ ले पराजित ग¥यो। खेलमा सहभागी दुवै टोलीका खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

विज्ञापन

प्रशिक्षण सञ्चालनका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको थियो। टोलीमा मेरुदण्डको चोटपछिको पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि सहभागी थिए।

प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेलकौशल, खेलरणनीति, शारीरिक क्षमता विकास, चोटपटकको जोखिम न्यूनीकरण तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। यसले नेपाली खेलाडीलाई ह्विलचेयर रग्बीका आधारभूत सीप र खेलको प्राविधिक पक्षबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रमको समापन समारोहमा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर प्रमुख अतिथि थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिसा खम्बु, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी तथा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री विपना थापालगायतको उपस्थिति थियो। समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख हार्करले ह्विलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए।

राखेपकी बोर्ड सदस्य खम्बुले आफ्नो दुई दशक लामो खेलकुद अनुभवमा ह्विलचेयर रग्बीजस्तो फरक प्रकृतिको खेलको अनुभव गर्न पाउँदा खुसी लागेको बताइन्। उनले खेलाडीमा देखिएको उत्साह र जोसले आफूलाई प्रभावित बनाएको उल्लेख गरिन्। थापाले यसअघि पनि अपाङ्गता भएका व्यक्तिसँग विभिन्न खेलसम्बन्धी गतिविधिमा सहभागी हुने अवसर पाए पनि ह्विलचेयर रग्बीको अनुभव विशेष र फरक लागेको बताइन्।

प्रशिक्षणमा नेपालका कृष्ण थापा, श्रीराम श्रेष्ठ, विनोद तामाङ, विवेश बासु र नीरज कार्कीले पनि प्रशिक्षणमा सहयोग गरेका थिए। मैत्रीपूर्ण खेलमा प्रेम कोइराला र टंकराजले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रशिक्षक तथा निर्णायकको व्यवस्थापनमा नेपाल रग्बी संघले सहयोग गरेको थियो। नेपालमा ह्विलचेयर रग्बीको आधार तयार गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई भविष्यमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरको बाटो खोल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।