ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने

आईसिसी विश्वकप लिग-२ को आफ्नो अन्तिम शृंखलाको पछिल्ला दुई खेलमा नेपालमा दबाबमा देखिने भएको छ। अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता बचाउन लिगको शीर्ष ६ मा पर्नै पर्ने दबाबमा रहेको नेपालले दुईमध्ये एक खेल जित्नै पर्ने भएको छ।

जारी सिरिजमा आज क्यानाडाले ओमानलाई पराजित गरेसँगै नेपाललाई उक्त संकट देखिएको हो। जितपछि क्यानाडाको ३५ खेलबाट २७ अंक भएको छ। नेपालको ३४ खेलबाट २८ अंक छ।

क्यानाडाले आफ्नो अन्तिम खेलमा शनिबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा विजयी भए नेपालले शीर्ष ६ मा रहँदै लिग सक्नेछ। हारले भने नेपालले ओमानविरुद्धको अन्तिम खेल जित्नु पर्नेछ। ओमानसँग पराजित भए सातौं स्थानमा रहँदै नेपालले लिग सक्नेछ। यस्तो अवस्थामा क्यानाडा शीर्ष ६ मा छिर्नेछ।

विज्ञापन

आज भएको खेलमा क्यानाडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा मात्र १९८ रनमा अलआउट भयो।

शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।

ओमान भने ३३ अंकमा तालिकाको चौथो स्थानमा छ। सिधैं विश्वकपको छनोट चरणमा पुग्न ओमानलाई एक जित आवश्वक छ। लिगको जारी सर्कलमा ओमानले नेपालसँगको सहित पाँच खेल खेल्न बाँकी छ। सबै सिरिज खेलेको नामिबिया ३३ अंकमा तालिकाको पाँचौ स्थानमा छ। ओमानले सबै पाँच खेल हारे नामिबियाले सिधैं विश्वकपको छनोट खेल्ने अवसर पाउनेछ।

जारी लिगमा अमेरिका ४९ अंकमा च्याम्पियन बनेको छ। स्कटल्यान्ड ४५ अंक र नेदरल्यान्डस् ३८ अंकमा विश्वकप छनोटमा स्थान बनाउन सफल भएका छन्। ३२ खेलमा १९ अंक बनाएको यूएई तालिकाको पुछारमा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।