ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

ओलीको 'बालकोट' पेजमा बालेनको तस्बिर, २० मिनेटपछि हटाइयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सञ्चालन गर्दै आएको फेसबुक पेजमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको चिकित्सा शिक्षा आयोगको बैठकको तस्बिर पोस्ट भएको छ। उक्त पोस्ट करिब २० मिनेटपछि हटाइएको छ।

ओलीको सचिवालयले सञ्चालन गर्ने उक्त फेसबुक पेजमा सामान्यतया अध्यक्ष ओलीका कार्यक्रममा सहभागिता, भेटघाट तथा पार्टीका गतिविधिसम्बन्धी तस्बिर र सामग्री पोस्ट गरिँदै आएको छ। तर, शुक्रबार प्रधानमन्त्री शाहले आयोजना गरेको चिकित्सा शिक्षा आयोगको बैठकको तस्बिर क्याप्सनसहित पोस्ट भएपछि त्यसले ध्यान खिचेको हो।

उक्त तस्बिर कसरी पोस्ट भयो भन्नेबारे स्पष्ट भएको छैन। प्राविधिक त्रुटिका कारण पोस्ट भएको हो वा अन्य कुनै कारणले भन्ने खुलेको छैन।

विज्ञापन

पोस्ट भएको करिब २० मिनेटपछि तस्बिर हटाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।