ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

आफू कमजोर भएको बेला पाएको साथको धेरै महत्व हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले राजनीतिक यात्रामा आफू कमजोर र अप्ठ्यारोमा पर्दा साथ दिनेहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्। उनले सिधा हिँडिरहेको बेलामा वा सजिलोको समयमा साथ दिनेहरू धेरै भए पनि आफू कमजोर भएको बेलामा पाएको साथको धेरै महत्व हुने बताए।

आफू राजनीतिक कार्यकर्ता भएकाले राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको र ढलेको उल्लेख गर्दै थापाले कमजोर तथा अप्ठ्यारो अवस्थामा पनि शुभेच्छा र स्नेह दिनेहरूको योगदान बिर्सन नसकिने जिकिर गरे।

विज्ञापन

उनले आफू कैयौँ पटक कमजोर हुँदा र अप्ठ्यारोमा पर्दै गर्दा केही नसोचेर निरन्तर साथ दिएको भनाइ राखे। थापाले आफूले प्राप्त गरेको निरन्तरको स्नेह र विश्वासले अहिलेको स्थानसम्म पुग्न महत्वपूर्ण भूमिका खेलेको पनि बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।