प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सरकारले हालै जारी गरेका दुई अध्यादेशबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेस संसदीय दलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।
‘प्रतिपक्ष निगरानी’ नाम दिइएको पत्रकार सम्मेलन शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।