नेपालीको महान् चाड बडादसैँमा समेत कपिलवस्तुको यशोधरा गाउँपालिकाका कर्मचारीहरू तलबबाट वञ्चित हुनु परेको छ।
दसैँमा समेत तलब र भत्ताबाट वञ्चित भएपछि पालिकाका अढाई सय बढी कर्मचारी तथा शिक्षकहरू निराश बनेका छन्। पालिकाका अनुसार असोज २१ गते लेखापाल निराजन लम्सालको दाङको राप्ती गाउँपालिकमा सरुवा भएपछि कोही पनि लेखापाल नखटाइएको, चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सुत्रमा प्रतिष्टी नगरिएको, पालिका भित्र विवाद लगायतका कारणले कर्मचारीहरू दसैँमा तलबबाट वञ्चित हुने भएका हुन्।
हालसम्म पालिकाको यस वर्ष खाता समेत सञ्चालन हुन सकेको छैन। बिहीबार नै पालिकाका प्रमुख प्रशाकीय अधिकृत बलीराम यादव सिराहास्थित आफ्नो घरमा तलब नखुवाइ लागेको कर्मचारीहरू बताउँछन्। पालिका, ८ वडा कार्यालय, ८ स्वास्थ्य चौकी, २७ विद्यालयका शिक्षकहरू गरी अढाई सय बढी कर्मचारीको यसपालिको दसैँ तलबबिना मनाउन बाध्य छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशाकीय अधिकृत यादव, पालिका प्रमुख शिवदयाल तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैतुल्लाह धुनियाले फोन उठाएनन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।