ब्रेकिङ न्युज
विज्ञापन
समाज

बिचौलियाको मारमा केरा किसान, बिक्रेतालाई भने फाइदै फाइदा

किसानले एक कोसा केरा रु तीनदेखि चारमा बिक्री गर्ने गरेका छन्। त्यही केरा उपभोक्ताले प्रतिकोसा रु १० मा खरिद गर्न बाध्य छन्।

रु तीनमा खरिद गरेर रु १० मा झन्डै ३३४ प्रतिशत नाफा लिएर केरा बिक्री गर्न पल्किएका बिचौलियाका कारण उपभोक्तहरु भरपुर ठगिएका हुन्।

बडादसैँ नजिकिँदै गर्दा पनि केरा उत्पादक किसानले भने केराको उचित मूल्य पाउन सकेका छैनन्। तर, बिक्रेताले भने फाइदै फाइदा लिएका छन्।

विज्ञापन

तीजपछि केराले मूल्य पाउन नसक्दा किसानले सधैँ उस्तैउस्तै मूल्यमा केरा बिक्री गर्न बाध्य छन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले प्रतिकोसा रु तीनदेखि चारका दरले बिक्री गर्न बाध्य छन् भन्छन्।

व्यवसायीले किसानहरुलाई उचित मूल्य दिन कठिन मान्ने गरेको उनले बताए। अहिले देशभसर केरा उत्पादन भएकाले केराको मूल्य पाउन सकेका छैनन्।

उनले भने, ‘केरा सस्तोमा बिक्री नगरे बारीमा नै मिल्काउनुपर्ने अवस्था छ। अहिले केराको मूल्य किसानले पाउन सकेका छैनन्।’

बजारमा उपभोक्ताले किन्दा दर्जनको रु १०० देखि रु १५० सम्म पाउने गरेको उनले बताए। पहिले रु २०० सम्म उपभोक्ताहरुले पाउने गरेका थिए।

किसानले मूल्य पाएको समयमा प्रतिकोसा रु पाँचदेखि आठसम्म जी नाइन र मालभोग प्रतिकोसा रु १० सम्म पाएका थिए।

अहिले मूल्य घटेर जी नाइन रु तीन र मालभोग रु चारसम्ममा प्रतिकोसा बिक्री भइरहेको छ। जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा ७०० किसानले केरा लगाउँदै आएका छन्।

बार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ। यस वर्ष केराको क्षेत्रफलसमेत बढेकाले उत्पादन पनि बढ्ने उनले बताए।

जिल्लामा सात लाख केराको बिरुवा बढेकाले उत्पादन पनि १० हजार मेट्रिक टन बढेर ८० हजार पुग्ने अनुमान गरिएको छ।

केरा उत्पादन हुने मुख्य समय भएकाले केराको मूल्य घटेको हुनसक्ने उनले बताए।

नेपालमा केराखेती गर्ने किसानको साझा संस्था नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त राज्यले बजार अनुगमन गरेर मूल्य समायोजन नगर्दासम्म उपभोक्ता मारमा पर्ने बताए।

कृषकले सस्तोमा दिने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अन्त्यका लागि स्थानीय प्रशासनले बजार अनुगमनमा कडाइ गरेर मूल्यमा एकरुपता ल्याउनुपर्ने छ।

सरकारले गत वर्षको असोज ६ गते केरा आयातमा रोक लगाउने निर्णय गरेसँगै पुस ६ गतेबाट पूर्णरुपमा आयातमा प्रतिबन्द गरिएको थियो।

जसका कारण नेपालमा उत्पादन भएका केराले मूल्य पाएको उनले बताए।

देशभरि व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेपछि नेपाल केरामा आत्मनिर्भर बन्दै गएको छ। नेपाललाई हरेक वर्ष नौ लाख मेट्रिक टन केरा आवश्यक पर्छ।

अघिल्लो वर्ष चार हजार बिघा क्षेत्रफलमा लगाएको केराखेती यस वर्ष २४ हजार बिघा क्षेत्रफलमा फैलिएको छ।

पहाडी क्षेत्रमा समेत किसानले केराखेती गर्न थालेको उनले बताए। नेपालमा अहिले आठ हजार किसानले व्यावसायिक रुपमा केराखेती गर्ने गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।