प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
शल्यक्रियापछि काफ्लेले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले आफूलाई सम्झेर माया, सद्भाव तथा शुभेच्छा पठाउने सबैलाई धन्यवाद दिँदै शल्यक्रियापछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।

काफ्लेले भनिन्, ‘एपेन्डिसाइटिसको शल्यक्रियापछि अहिले मेरो स्वास्थ्य अवस्था सामान्य छ। मलाई सम्झेर, स्वास्थ्यलाभको कामना गर्दै माया र शुभेच्छा पठाउनुहुने तपाईंहरू सबैलाई मनैदेखि धेरै धेरै धन्यवाद। तपाईंहरूको माया र सद्भावका लागि आभारी छु।’
उनले समयमै प्रभावकारी उपचार र शीघ्र सेवा प्रदान गरेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति विशेष कृतज्ञता पनि व्यक्त गरेकी छन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।