सरकारले वन र भूमि सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बासना थापाले संवेदनशील विषयमा संसद् छल्दै अध्यादेशमार्फत कानुन ल्याउनु उचित नभएको भन्दै आपत्ति जनाइन्।
थापाले वन र भूमि जस्ता संवेदनशील विषयमा अध्यादेश ल्याउने प्रवृत्तिको कांग्रेसले विगतदेखि नै विरोध गर्दै आएको बताइन्।

उनले यसअघि कांग्रेस सत्ता साझेदार रहेका बेला पनि भूमि सम्बन्धी अध्यादेश संसद्बाटै कानुन बनाउनुपर्ने धारणा राखेको र चर्को विरोधपछि अध्यादेश फिर्ता भएको बताइन्।
‘हिजो सत्तामा हुँदा र आज विपक्षीमा हुँदा पनि हाम्रो धारणा स्पष्ट छ,’ थापाले भनिन्, ‘वन र भूमि जस्तो विषयमा अध्यादेश ल्याउनु हुँदैन, संसद्बाटै ल्याउनुपर्छ।’
यस्तै उनले कानुनमन्त्री सोविता गौतमलाई आफू विपक्षीमा रहँदा भूमि सम्बन्धी अध्यादेशमा राखेको संशोधन प्रस्तावसमेत हेर्न सुझाव दिइन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।