ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

हरित विकासमा चीनको नयाँ प्राथमिकता : सीले दिए संरक्षण र प्रविधि विकासमा जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै हरित विकास र डिजिटल प्रविधिको विस्तारमा जोड दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले शुक्रबार उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको उलानकाब सहरको भ्रमणका क्रममा यस्तो बताएका हुन्।

भ्रमणका क्रममा सीले हुआङकिहाई ताल प्रकृति आरक्षको निरीक्षण गर्दै सिमसार क्षेत्रको संरक्षण र जैविक विविधता जोगाउनुपर्ने बताए। जलवायु परिवर्तनलगायतका कारण सुक्ने अवस्थामा पुगेको उक्त ताल वर्षौंको संरक्षण प्रयासपछि पुनर्जीवित हुँदै गएको छ।

विज्ञापन

सीले सिमसार संरक्षणसम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयन गर्न, वातावरणीय संरक्षणका सीमा कायम राख्न र बिग्रिएका पारिस्थितिक प्रणालीलाई वैज्ञानिक तरिकाले पुनर्स्थापना गर्नुपर्ने बताए। उनले प्राकृतिक पुनर्स्थापनालाई प्राथमिकता दिँदै आवश्यकताअनुसार मानवीय हस्तक्षेप गर्नुपर्नेमा जोड दिए।

त्यसपछि सीले चाहर उच्च प्रविधि विकास क्षेत्रको भ्रमण गरी हरित कम्प्युटिङ उद्योग र राष्ट्रिय कम्प्युटिङ नेटवर्क निर्माणको प्रगति अवलोकन गरेका थिए।

चीनको ‘पूर्वी डेटा, पश्चिम कम्प्युटिङ’ परियोजनालाई राष्ट्रिय रणनीतिक योजनाका रूपमा उल्लेख गर्दै उनले निर्माण सम्पन्न भएका परियोजनाको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न र बाँकी परियोजना समयमै पूरा गर्न निर्देशन दिए।

सीले ऊर्जा दक्षता, वातावरणमैत्री प्रविधि र सुरक्षालाई प्राथमिकता दिँदै हरित कम्प्युटिङ उद्योग विस्तार गर्नुपर्ने बताए। उनले हरित कम्प्युटिङ उद्योगको विकासले डिजिटल चीन निर्माण र नयाँ उत्पादनमूलक क्षमताको विस्तारमा योगदान पुर्‍याउने उल्लेख गरेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन्।

सो अवसरमा उनले स्थानीय कृषि तथा पशुपालन क्षेत्रको प्रगतिबारे पनि जानकारी लिएका थिए। सीले किसान र गोठालाको आम्दानी बढाउन कृषि तथा पशुपालन उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था प्रभावकारी बनाउन स्थानीय अधिकारीलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।