जापानको मौसम विज्ञान एजेन्सीले शुक्रबार दिउँसो ९.९ म्याग्निच्युडको भूकम्प गएको भन्दै जारी गरेको प्रारम्भिक चेतावनी केही मिनेटमै फिर्ता लिएको छ।
सुरुमा उत्तरी, पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा शक्तिशाली कम्पन हुने पूर्वानुमानसहित अलर्ट जारी गरिएको थियो। तर, वास्तविकतामा सानो भूकम्प गएको र जापानमा कुनै शक्तिशाली कम्पन महसुस भएको थिएन।
कामचटका प्रायद्वीपको समुद्री क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो करिब १२ः३८ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि दिउँसो १२ः४० बजे आपत्कालीन चेतावनी जारी गरिएको थियो। चेतावनी जारी भएसँगै सार्वजनिक स्थानका लाउडस्पिकर र मोबाइल फोनमा अलार्म बज्न थालेका थिए। एजेन्सीले दिउँसो १२ः४८ बजे उक्त चेतावनी फिर्ता लिएको थियो। सुनामीसम्बन्धी कुनै चेतावनी वा सूचना जारी गरिएको थिएन।

जापानको मौसम विज्ञान एजेन्सीका एक प्रवक्ताले पत्रकार सम्मेलनमा एजेन्सीको प्रणालीले भूकम्पको केन्द्रविन्दु गलत रूपमा कुरिल टापुनजिक देखाएको र यसको तीव्रता पनि वास्तविकभन्दा बढी आकलन गरेको बताएका छन्। यही त्रुटिका कारण सुरुमा आपत्कालीन चेतावनी जारी भएको उनले बताए। एजेन्सीले सम्भावित साइबर आक्रमणको आशंकालाई भने अस्वीकार गरेको छ।
प्रवक्ताले भने, ‘हामी अहिले यसको कारणबारे अनुसन्धान गरिरहेका छौँ। कारण पत्ता लाग्नेबित्तिकै यसबारे स्पष्टीकरण दिनेछौँ।’
त्यसपछि, जापानकी प्रधानमन्त्री साने ताकाइचीले पनि उक्त गल्तीका लागि माफी मागिन्।
जापानको मौसम विज्ञान एजेन्सीको तथ्यांकअनुसार दिउँसो १२ः३८ बजे गएको उक्त भूकम्प १६० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार होक्काइदोको हाकोदातेमा उक्त भूकम्पको तीव्रता सिन्दो १ रेकर्ड गरिएको थियो। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।