ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

अमेरिकाको एक स्कुलमा १६ वर्षीय किशोरले चलाए गोली, तीन बालबालिकासहित चार जनाको मृ*त्यु

अमेरिकाको ओरेगन राज्यको बेन्ड सहरस्थित एक विद्यालयमा बिहीबार गोलीबारी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार आक्रमणकारीलाई एक स्थानीय नागरिकले गोली हानेका थिए। त्यसपछि घटनास्थलमै उनको मृत्यु भएको थियो। आक्रमणकारी करिब १६ वर्षका थिए।

एजुकेसन विकको रिपोर्टअनुसार विद्यालयमा गोलीबारी भएको यो यस वर्षको २६औँ घटना हो।

विज्ञापन

मारिने बालबालिका ५ देखि ११ वर्षसम्मका

एसोसिएटेड प्रेस (एपी) का अनुसार मृत्यु हुने बालबालिकाको उमेर ५, ८ र ११ वर्ष थियो। मृत्यु हुनेमध्ये एक शिक्षक पनि छन्। मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको छ।

गोलीबारीमा घाइते भएका सात वर्षका एक बालक र ५४ वर्षका एक शिक्षकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

प्रहरी प्रमुख माइक क्रान्ट्जले आक्रमणकारी बेन्ड सहरकै बासिन्दा रहेको बताएका छन्। उनले विद्यालयका बन्द ढोकामा गोली चलाएर भित्र प्रवेश गर्ने बाटो बनाएका थिए।

अनुसन्धानमा एफबीआईको टोली पनि संलग्न

एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत घटनास्थलमा संस्थाको टोली उपस्थित रहेको जानकारी दिएका छन्। अनुसन्धानकर्ताहरूले आक्रमणकारी यसअघि उक्त विद्यालयमा पढेका थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। आगामी दिनमा घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ।

विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत

रोयटर्सका अनुसार सिल्भर रेल इलिमेन्ट्री स्कुलमा किन्डरगार्टेनदेखि पाँचौँ कक्षासम्म पढाइ हुन्छ। उक्त विद्यालयमा करिब ४५० विद्यार्थी र ४० कर्मचारी छन्।

ओरेगनकी गभर्नर टिना कोटेकले आक्रमणकारीलाई रोक्ने स्थानीय नागरिकसँग पनि कुराकानी गरेकी छन्। गभर्नरले ती नागरिकको प्रशंसा गर्दै उनले साहसपूर्वक मानिसहरूको ज्यान बचाएको बताएकी छन्।

यस वर्ष भएका गोलीबारीका प्रमुख घटना

– अप्रिल १९, लुइजियाना: श्रिभपोर्टमा भएको गोलीबारीमा आठ बालबालिकाको मृत्यु भएको थियो। तीमध्ये सात जना आक्रमणकारीकै सन्तान थिए।

– अक्टोबर ९, पेन्सिलभेनिया: एरीमा एक व्यक्तिले आफ्ना परिवारका सात सदस्य र एक परिचितको हत्या गरेका थिए। त्यसपछि उनले आत्महत्या गरेका थिए। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।