ब्रेकिङ न्युज
विज्ञापन
समाज

भारतीय स्कारपियोले ठक्कर दिँदा एकको मृ`त्यु, दुई जना घाइते

बाराको महागढीमाई नगरपालिका-१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब ११:३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

विज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ निवासी अन्दाजी १७ वर्षीय धिरज यादव, मोटरसाइकलमा सवार भोडहा निवासी अन्दाजी १६ वर्षीय नगेश साह र अन्दाजी १८ वर्षीय अरुण यादव घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि एलएस न्युरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा बिहान ११:५५ बजे चालक धिरज यादवको मृत्यु भएको हो। अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका-३ निवासी करिब ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।