चितवनमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते भएका छन्।
राप्ती नगरपालिका–२ सिमरा चोकस्थित सडकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका हुन्।
भरतपुरबाट हेटौँडातर्फ हुँदै राजविराज जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।