जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो। यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन्।
ललितको अवस्था गम्भीर छ। निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ। रासस



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।