ब्रेकिङ न्युज
विज्ञापन
अर्थतन्त्र

दसैँका सामान ल्याउन चीनले दियो तीन दिन, नाकामा कन्टेनरको लाम

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको र सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका बताए।

विज्ञापन

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।