ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

भारतमा दुई दुर्घटना हुँदा ३४ को मृ`त्यु, ५१ घाइते, नौ जना पक्राउ

भारतका दुई फरक स्थानमा भएका दुर्घटना र भागदौडका घटनामा ३४ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्।

मध्य प्रदेशको ग्वालियरमा धान बोकेको ट्रकले भक्तजनलाई ठक्कर दिँदा १५ जनाको मृत्यु भएको हो। त्यस्तै, पश्चिम बंगालको कोलकातास्थित दुर्गा पूजा पण्डालमा भएको भागदौडमा १९ जनाले ज्यान गुमाएका छन्। दुवै घटनामा गरी नौ जना पक्राउ परेका छन्।

ग्वालियरमा आइतबार बिहान करिब १ः३० बजे शीतला माता मन्दिर नजिक चीनौर रोडमा दुर्घटना भएको थियो। चीनौरतर्फबाट आएको धान बोकेको ट्रक ओरालो सडकमा अनियन्त्रित भएर दर्शनका लागि लाइनमा बसेका भक्तजनलाई ठक्कर दिएको थियो। ट्रकले प्रहरीको अवरोध पार गर्दै मन्दिरको बाहिरी पर्खाल र प्रवेशद्वारमा ठक्कर दिएको थियो। पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए।

विज्ञापन

दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक फेल भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चालकले गुगल म्यापको सहायताले गाडी चलाइरहेका थिए। घटनापछि प्रहरीले चालक र सवारी धनीलाई पक्राउ गरेको छ।

प्रदेश सरकारले सुरक्षा व्यवस्थामा लापरबाही भएको आशंकामा एक नगर प्रहरी उपरीक्षक (सीएसपी) लाई पदबाट हटाएको छ भने आठ प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।

यस्तै, कोलकाताको चोरबागन दुर्गा पूजा पण्डालमा शनिबार राति भएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनालाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ। घटनाका बेला मुसलधारे वर्षा भएपछि पण्डालतर्फ मानिसको भीड बढेको र साँघुरो बाटोमा मानिस फसेको बताइएको छ।

घटनासँग सम्बन्धित दुई भिडियो सार्वजनिक भएका छन्। २७ सेकेन्डको एउटा भिडियोमा वर्षाका बिच सयौँ मानिस पण्डालतर्फ दौडिरहेको देखिन्छ। पण्डालभित्रबाट खिचिएको अर्को भिडियोमा साँघुरो बाटोमा ठुलो भीड फसेको देखिन्छ। मानिसहरू हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए भने महिला तथा बालबालिकाले सहयोगका लागि कराइरहेको दृश्य पनि सार्वजनिक भएको छ।

घटनापछि प्रहरीले पूजा समितिका सचिव र उपाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनापछि पण्डालको व्यवस्थापन र भीड नियन्त्रणमा भएको कमजोरीबारे अनुसन्धान अघि बढाइएको छ।

कोलकाता घटनापछि पश्चिम बंगाल सरकारले मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ राहत र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेको छ। घाइतेलाई पाँच लाख भारतीय रुपैयाँ दिने र उपचार खर्च सरकारले बेहोर्ने बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

दुवै घटनाको अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।