ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक : साढे पाँच लाख मानिस सडकमा, १२ सय पक्राउ

फ्रान्समा महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा विभिन्न सहरमा हिंसा भड्किएको छ।

फ्रान्सेली सरकारका अनुसार देशभर करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा एक हजार दुई सय जनालाई पक्राउ गरेको छ।

राजधानी पेरिसमा साँझसम्म प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेको थियो।

विज्ञापन

प्रदर्शनका क्रममा राजधानीसहित विभिन्न क्षेत्रमा भवनहरूमा आगजनी गरिएको थियो। लिमोज सहरको टाउन हलमा भीषण आगलागी हुँदा भवनको छानाको एक भाग भत्किएको छ।

विभिन्न सहरमा पसलहरूमा लुटपाट र व्यापक तोडफोडका घटना पनि भएका छन्। प्रदर्शनकारीले टाउन हल तथा व्यावसायिक प्रतिष्ठानहरूलाई निशाना बनाएका थिए। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाका क्रममा १५० जना प्रहरी घाइते भएको जानकारी दिएका छन्।

पेरिसमा दिउँसो भएको र्‍याली भने अधिकांश समय शान्तिपूर्ण देखिएको थियो। प्रदर्शनमा सहभागी युवाहरूको एउटा समूहले बीबीसीसँग कुरा गर्दै आफूहरू शान्तिपूर्ण प्रदर्शनकारी भएको बताएको थियो।

उनीहरूले आफूहरू परिवर्तन ल्याउने प्रयासमा रहेको तर कुनै पनि कुरा अघि नबढिरहेको बताएका थिए।

यद्यपि, साँझ पर्दै जाँदा केही समूहले सडकमा आगजनी गर्न थालेका थिए। उनीहरूले सवारीसाधनमा समेत आगो लगाएका थिए। पेरिसको प्रमुख स्थल प्लास द ला रिपब्लिक आसपास पनि आगजनीका घटना भएका थिए।

मध्य पेरिसमा दङ्गा नियन्त्रण प्रहरी भीडतर्फ दौडिँदै गएको र केही व्यक्तिमाथि लाठी प्रहार गरेको दृश्यसमेत देखिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।