ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

गरिब देशलाई महँगीको मारबाट जोगाउन आईएमएफ प्रतिबद्ध

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशलाई महँगीको मारबाट जोगाउनुपर्ने बताएको छ।

आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा संकटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताइन्।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताइन्।

विज्ञापन

उनका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाए पनि मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ।

अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ। यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ।

विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ।

‘मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो,’ जर्जिएभाले भनिन्। उनले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरिन्।

उनका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ।

आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवद्र्धनमा सघाउने उनले बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।